अफगानिस्तानमा तालिबानविरुद्ध समानान्तर सरकार घोषणा

डिसी नेपाल
१४ असोज २०७८ ११:१८

काठमाडौं। अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि यहाँका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहले निर्वासित सरकारको गठन गरेका छन् । सालेहले आफूलाई यो निर्वासित सरकारकाृ कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् किनकि पूर्व राष्ट्रपति अशरफ गनी उनको साथमा पनि उनी अफगानिस्तानमा पनि छैनन् । सालेह अहिले स्विट्जरल्याण्डमा छन् । केही दिन पहिले उनका दाजुको तालिबानले हत्या गरेका थिए ।

अफगानिस्तानको खामा न्यूज एजेन्सीसँग कुरा गर्दै सालेहले भने ‘मैले निर्वासित सरकारको गठन गरेको छु । यही सरकार कानुनी रुपमा र विश्वका लागि अफगानिस्तानको सर्वमान्य सरकार हुनेछ ।’ स्विट्जरल्याण्डस्थित अफगानिस्तानको दूतावासले पनि सालेहको यो बयान जारी गरेको छ । यसलाई विश्वका धेरैजसो समाचार एजेन्सी र दूतावासहरुलाई पठाइएको छ ।

यो बयानमा प्रस्ट रुपमा भनिएको छ ‘तालिबानले अफगानिस्तानमा जो सरकार बनाएको छ अन्तर्राष्ट्रिय कानुनको हिसाबले त्यसको कुनै अस्तित्व छैन र त्यसले अफगान जनताको प्रतिनिधित्व पनि गर्दैन । निर्वासित सरकारको बारेमा सम्बन्धित व्यक्तिहरुसँग कुराकानी गरिएको छ । हाम्रो देशमा यतिबेला बाहिरी मानिसहरुको कब्जा छ ।’

बयानमा अगाडि भनिएको छ ‘पूर्व राष्ट्रपति अशरफ गनीले देश छोडेपछि उहाँका प्रथम उपराष्ट्रपति अमरुल्लाह सालेहले देशको नेतृत्व गर्नुहुनेछ । यसमा सक्रिय कार्यकारीहरु, न्यायपालिका र संसदीय शक्ति भएका नागरिकहरु हुनेछन् ।’ बयानमा सालेह बाहेक अन्य कुनै पनि व्यक्तिको नाम उल्लेख छैन जो कार्यवाहक सरकारमा हुनेछन् । पंजशीरमा तालिबानलाई चुनौती दिने अहमद शाह मसुदको नाम पनि कहीँ उल्लेख छैन ।

काबुलमा तालिबानको कब्जापछि सालेह केही सहयोगीहरुको साथमा पंजशीर उपत्यका गएका थिए । त्यसपछि उनलाई तालिबानले फेला पार्न समेन । केही रिपोर्टहरुका अनुसार सालेह ताजिकिस्तानको बाटो हुँदै युरोप गए र स्ट्जिरल्याण्डमा गएर बसेका छन् । तालिबानले अहिलेसम्म सालेहको यो घोषणामा कुनै प्रतिक्रिया दिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *