चाडपर्व नजिकएसँगै बजार अनुगमनलाई तीव्रता

डिसी नेपाल
१४ असोज २०७८ १६:१०

काठमाडौं। चाडपर्व नजिकएसँगै गुणस्तर तथा नापतौल कार्यालय झापाले अनुगमनलाई तीव्रता दिएको छ ।

कार्यालयले यही असोज १ गतेदेखि १३ सम्ममा २० फार्म, पाँच पेट्रोलपम्प, सिमेन्ट उद्योग, हार्डवेयर पसल, किराना पसल र मिठाइ पसलमा अनुगमन गरेको कार्यालयका प्रमुख मुकुन्द चौहानले बताए ।

उनका अनुसार अनुगमनका क्रममा नवीकरण म्याद सकिएका फार्मलाई तत्काल नवीकरण गर्न निर्देशन दिएको बताए । उनले कपियय पसलले अनुमति नलिई प्रयोग गरेका डिजिटल तराजु नियन्त्रणमा लिएर कारबाही अगाडि बढाइएको समेत जानकारी दिए ।

उनले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमालको संयोजकत्वमा रहेको अनुगमन समितिसँग मिलेर पनि बजार अनुगमनलाई तीव्रता दिएको जानकारी दिए । उपभोक्ताको गुनासो आएपछि झापाका सात सिमेन्ट उद्योगबाट सिमन्टको नमूना सङ्कलनसमेत गरिएको बताए । नमूना सङ्कलन गरिएका सिमेन्टको गुणस्तर उपभोक्ताले भनेझै कम पाइएमा कारबाही गरिने उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *