राजनीतिको उथलपुथलले राष्ट्रिय फुटबल टिमका गोलकिपरलाई तनाव

डिसी नेपाल
१४ असोज २०७८ १६:५८

काठमाडौं। भारतको पंजाब राज्यको राजनैतिक विवादले राष्ट्रिय फुटबल टिमका गोलकिपरलाई तनाव भएको छ । पंजाबको राजनैतिक उथलपुथलको चर्चा चियापसल, संचारमाध्यमदेखि सामाजिक संजालसम्म भइरहेको छ । हालै पंजाबको मुख्यमन्त्री पदबाट हटाइएका क्याप्टेन अमरिंदर सिंह यो चर्चाको केन्द्रमा छन् । तर, उनको नामको कारण भइरहेको अलमलले भारतको राष्ट्रिय फुटबल टिमका गोलकिपरलाई तनाव भएको छ ।

सामाजिक संजालमा दिक्क पारिएपछि भारतीय टिमका गोलकिपरले ट्वीटरमा खास अपिल गरेका छन् । खासमा भारतीय फुटबल टिमका गोलकिपरको नाम पनि अमरिंदर सिंह हो । यस्तोमा ट्वीटरमा पंजाबका पूर्व मुख्यमन्त्री अमरिंदर सिंहका बारेमा चर्चा गर्ने व्यक्तिहरुले गोलकिपर अमरिंदर सिंहलाई ट्याग गरिरहेका छन् ।

&nbsp

फुटबलर अमरिंदर सिंहले ट्वीट गरेर लेखेका छन् ‘प्रिय न्यूज मिडिया, पत्रकार । म अमरिंदर सिंह हुँ, भारतीय फुटबल टिमको गोलकिपर न कि पंजाबको पूर्व मुख्यमन्त्री । कृपया मलाई ट्याग गर्न बन्द गरिदिनुस् ।’ पूर्व मुख्यमन्त्री क्याप्टेन अमरिंदर सिंहले पनि यो ट्वीटको जवाफ दिएका छन् । क्याप्टेन अमरिंदर सिंहले लेखेका छन् ‘युवा मित्र, मेरो सहानुभूति तपाइँसँग छ । अगाडिको खेलको लागि तपाइँलाई शुभकामना ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *