डब्लूएचओले हरेक शुक्रबार नेपाली भाषामा कोरोनाको जानकारी गराउने – Dcnepal

डब्लूएचओले हरेक शुक्रबार नेपाली भाषामा कोरोनाको जानकारी गराउने

काठमाडौं।विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले कोभिड( १९ सम्बन्धी जानकारी अब नेपाली भाषामा पनि उपलब्ध गराउने भएको छ। डब्लूएचओले पाँचमा विज्ञान ९साइन्स इन फाइभ० कार्यक्रम पोडकास्टमार्फत कोभिड( १९ सम्बन्धी जानकारी गराउने भएको नेपालस्थित डब्लूएचओ कार्यालयले जानकारी दिएको छ । भोलि प्रसारण गरिने पोडकास्टको पहिलो अंकमा डब्लूएचओकी मातृ तथा नवजात शिशु स्वास्थ्य विज्ञ डा। ओज्गे टुनचाल्पले कोभिड( १९ महामारीको समयमा गर्भवती तथा गर्भाधारणको योजनामा रहेका महिलाहरूले ध्यान दिनुपर्ने विषयमा छलफल गर्नेछन्।

 

पोडकास्टका नयाँ अंकहरू हरेक शुक्रबार साउण्ड क्लाउडमा पाँचमा विज्ञान च्यानलमार्फत भिडियो र अडियोबाट कोभिड( १९ को जानकारी गराउने भएको हो ।डब्लूएचओले कोरोना भाइरससम्बन्धी गलत समाचार आउन थालेपछि नेपाली भाषामा पनि पोडकास्ट गर्न लागेको हो । नेपाली समुदाय माझ पनि कोभिड( १९ सम्बन्धी महत्त्वपूर्ण जानकारीको पहुँच पुर्‍याउने उद्देश्यले विश्व स्वास्थ्य संगठन नेपालले यस शृङ्खलालाई नेपाली र मैथिली भाषामा अनुवाद गरी युट्युब च्यानलमार्फत पनि प्रसारण गर्दै आएको छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो