फ्रान्सका पूर्व राष्ट्रपति निकोलसलाई जेल सजायको फैसला

डिसी नेपाल
१४ असोज २०७८ २३:०७
काठमाडौँ । फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई जेल सजाय सुनाईएको छ । फ्रान्सको अदालतले पूर्व राष्ट्रपति सार्कोजीलाई तीन वर्ष जेल सजाय तोकेको हो ।
सन् २०१२ मा राष्ट्रपतिमा आफु पुनः निर्वाचित हुनका लागि सहयोग पुग्नेगरी चलाइएको अभियानमा अवैधानिक रुपमा सहयोग गरेको आरोप उनलाई लगाइएको थियो । सोही आरोपका आधारमा अदालतले उनलाई दोषी ठहर गर्दै एक बर्ष कारागार राख्नुपर्ने सजाय बिहीबार सुनाएको हो ।
सार्कोजी संलग्न भएको गलत ठानिएको यो दोस्रो घटना हो । यसअघि अर्को एउटा प्रकरणमा पनि उनको संलग्नता पुष्टि भएको थियो । त्यो घटनाका कारण ६६ बर्षीय सार्कोजीलाई गत मार्चमा तीन बर्षे जेल सजाय तोकिएको छ ।  सार्कोजी सन् २००७ देखि १२ सम्म फ्रान्सको राष्ट्रपति रहेका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *