उत्तरले गर्यो एक महिनामा चौथो आणविक परीक्षण
प्योङयाङ। उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ। उत्तरको यो एक महिनामा चौथो आणविक परीक्षण हो। हाइपरसोनिक मिसाईल परीक्षण गरेको तीनदिनपछि दिनपछि उत्तरले शुक्रबार फेरि अर्को मिसाईल परीक्षण गरेको हो। उसले परीक्षण गरेको हाइपरसोनिक मिसाईलको वेग आवाजभन्दा पाँच गुणा छिटो बताइन्छ।
शुक्रबार परीक्षण गरिएको नयाँ एन्टि–एयरक्राफ्ट मिसाईलमा नयाँ प्रविधि समेटिएको र बिरोधीको लडाकु विमानलाई सजिलै निशाना बनाउने दाबी गरिएको छ।
कोरियाले आफ्नो आणविक होड र घातक हतियारको विकासलाई नरोक्न चाहेको उसका पछिल्ला परीक्षणले देखाएको छ । उत्तरको आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले प्योङयोङमाथि प्रतिवन्ध लगाएको छ।
उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिणसँगको वार्ताका लागि हटलाईन टेलिफोन सेवा सुरु गर्ने घोषणा गरेको भोलिपल्ट उत्तरले आणविक परीक्षण गरेको हो।
उत्तरको शृंखलाबद्ध परीक्षणले कोरियाली प्रायद्वीपमा अस्थिरता र असुरक्षा निम्त्याएको अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनले बताए। तर, उत्तरले आफ्नो सुरक्षाका लागि यस्ता हतियार परीक्षण गरेको बताउँदै अमेरिका र दक्षिण कोरियाले दोहोरो चरित्र देखाएको आरोप लगाउँदै आएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment