प्रदेश प्रमुख अधिकारी समक्ष दलित आयोग प्रतिवेदन हस्तान्तरण

डिसी नेपाल
१५ असोज २०७८ २०:४१

काठमाडौँ ।राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०७७/७८ को प्रदेश नं १ को वार्षिक प्रतिवेदन आज यहाँ बुझाएको छ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लाई प्रदेश नं १ र २ का संयोजक टुन्ज कामी बराइलीले नेपालको संविधानको धारा २९४ को उपदफा ३ बमोजिम उक्त प्रतिवेदन बुझाएको हो ।

सो अवसरमा प्रदेश प्रमुख अधिकारीले तानाशाह शासन अन्त्यका लागि गरिने क्रान्ति जसरी नै मुलुकमा जातीय विभेद अन्त्य हुनुपर्नेमा जोड दिए । दलितप्रति हुने अपमान तथा छुवाछूत सभ्य समाजमाथिको बज्रपात सरह रहेको छ भन्दै उहाँले समाजमा रहेको असमानता हटाउनु हामी सबैको दायित्व भएको धारणा राखे । प्रदेश प्रमुख अधिकारीले प्रतिवेदन समस्या समाधानको दस्तावेज भएको चर्चा गर्दै सङ्घीयताको सफल कार्यान्वयनबाट सबै जातजातिका सामाजिक, आर्थिक, लैङ्गिक विभेद समाधान हुने बताए ।

आयोगका संयोजक बराइलीले अहिले पनि समाजमा जातीय छुवाछूत रहेकामा दुःख व्यक्त गर्दै यसको समाधानमा सङ्घ, प्रदेश र स्थानीय सरकार संवेदनशील हुनुपर्नेमा जोड दिए। आयोगले बुझाएको प्रतिवेशन प्रदेशसभामा पठाइने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *