बेलायतमा सङ्क्रमितको सङ्ख्या घटेन

डिसी नेपाल
१६ असोज २०७८ १६:४१

काठमाडौं । बेलायतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी आएको छैन ।

सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३५ हजार ५७७ जना एकै दिनमा सङ्क्रमित भएका छन् । बेलायतमा अहिलेसम्म कुल ७८ लाख ४१ हजार ६२५ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण मात्रै १२७ जनाको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३६ हजार ७८९ जनाको मृत्यु भएको छ ।

बेलायतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये छ हजार ७३३ जना अझै पनि अस्पतालमै उपचाररत छन् । बेलायतका १६ वर्ष माथिका झण्डै ९० प्रतिशतले पहिलो खोप छन् भने ८२ प्रतिशतले दुवै खोप लगाएका छन् । धेरैले खोप लगाएकाले बेलायतसँगै चीन, जर्मनी, रुस, अमेरिकालगायतका धेरै देशमा दैनिकी सामान्य हुँदै गएको छ तर तीमध्ये कतिपय देशमा महामारी फैलिइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *