१९ महिनापछि पूर्णरुपमा खुल्यो जोगबनी नाका

डिसी नेपाल
१६ असोज २०७८ १८:२९

विराटनगर । कोरोना संक्रमण महामारीले १९ महिनादेखि बन्द रहेको विराटनगरको रानी र भारतको जोगबनी जोड्ने जोगबनी नाका आजदेखि पूर्णरुपमा खुल्ला गरिएको छ ।

११ असोजको मन्त्रिपरिषद्ले नाका खोल्ने निर्णय गरे पनि जिल्ला प्रशासन कार्यालय मोरङले नाका खुला गर्न निर्देशन दिएको थिएन । सर्वसाधारणको आवतजावत केही समय अगाडिदेखि नै भइरहे पनि सवारी साधन आवतजावत पूर्णरुपमा बन्द थियो ।

शनिबारबाट भने सबै प्रकारको आवतजावत खुला भएको छ । नाका खुलेपछि नेपाल र भारतबाट दुई पाङ्ग्रे, चारपाङ्ग्रे साना र ठूला सवारीसाधनहरु आउजाउ गर्न थालेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *