भिड्ने मुडमा एमाले र माओवादी

डिसी नेपाल
१८ असोज २०७८ ६:५४

काठमाडौं । २०६४ साल चैत २८ गते भएको पहिलो संविधान सभाको निर्वाचन कस्तो होला भन्ने कौतुहलता सबैलाई थियो। तर जति कौतुहल बनाएको थियो डर अझै बढी थियो।

किनकि जंगलबाट आएको माओवादीले जंगली शैलीमै लुटपाट मच्याएर भए पनि चुनाव जित्ने आँकलन थियो। नभन्दै माओवादी पहिलो पार्टी बन्यो पनि। किनकि उसले निकै ठूलो जाल बिछ्याएको थियो।

माओवादीले ‘कसले कता भोट राख्छ थाहा हुन्छ भोट हामीलाइ नदिए खुकुरीले छप्काइदिन्छौं’ भन्ने सम्मका अभिव्यक्ति पनि दिएका थिए। अनि नडराएर भयो त?

कतिपय स्थानमा त बुथ पनि कब्जा गरियो विरोधका आवाज त उठेकै हुन् तर निर्वाचन अधिकृतका परिवारका वैयक्तिक विवरण लिएर बसका माओवादीका उश्रृखंल कार्यकर्ता सामु कसको के लाग्नु र ? वाध्य भएर जसो जसो भन्छन् त्यसै त्यसै गरे।

अर्कातर्फ अन्मिन लगायतका अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु आफूलाई सफल देखाउनका लागि नै मान्छे नमरोस् बाँकी जे सुकै होस् भनेजस्तो गरेरै भए पनि आँखा चिम्म गरिदिए। त्यस्तै भएको थियो –अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईले जित्दा पनि ।

मान्छेलाई ज्यान भन्दा ठूलो केही लाग्ने रहेनछ। अनि विगतलाई सम्झेर कयौं अन्य दलका कार्यकर्ताले पनि माओवादीलाई भोट हान्यो। अर्को तिर सर्वहारा वर्गका लागि लड्ने भनेको छ पक्कै केही त गर्ला भन्ने आशापनि थियो।

त्यतिबेलासम्म नेपाली कांग्रेस र एमालेको नेतृत्वको सरकारलाई जनताले चाखिसकेका थिए। आखिर माओवादी पनि खाओवादी बन्यो। केही गरेन । तर उसको वाइसीयलप्रति जनता डराएकै हुन् । हुनत त्यतिबेला एमालेको युथ फोर्स थियो । एमाले र माओवादीबीच ठाउँठाउँमा भिडन्त भएकै हो । तर जति सोचिएको थियो त्यति खतरनाक भने थिएन ।

किनकि त्यतिबेला केन्द्रीय नेताहरुले संयम अपनाउन आग्रहसँगै कार्यकर्तालाई निर्देशन दिएका हुन्थे । यसपालि भने अलि खुल्लमखुल्ला च्यालेन्ज दिन थालिएको छ । स्वयं दलका अध्यक्षहरु न भिडन्त गरेर भए पनि पछानु पर्छ भनिरहका छन्। माओवादी अध्यक्ष प्रचण्डले एमालसँग भिड्न पछि नपर्नु भनिरहेका हुन्छन्।

त्यस्तै एमाले अध्यक्ष केपीशर्मा ओलीले पनि चुईक्क बोल्न नदिने गरी परास्त गनका लागि निर्देशन दिइसकेको छन्। जनताको मत भन्दा पनि शक्तिको अहम् देख्नेहरुका लागि परिस्थिति फरक नदेखिन सक्छ। तर स्थिति गम्भीर बन्दै गइरहको छ । प्रचण्ड र ओली एक अर्कालाई सिध्याउन खेलमा लागेका छन्।

यसले नेपालीे राजनीतिलाई कतै पनि राम्रो गर्दैन। युवा शक्तिलाइ देश निर्माणमा लगाउनु पर्नेमा एक अर्कालाई मार्न तम्सिन निर्देशन दिने दुई ठूला पार्टीका अध्यक्षहरुको बुद्धिको लेखाजोखा गर्नुको अर्थ नै रहन्न। यो कारणले पनि आगामी चुनाव पक्कै सहज हुन्न । रगतको खोलो बग्ने र बगाउने धम्कीहरु दिँदै जाने हो भने लोकतन्त्र आएको अर्थ पनि रहेन।

दुवैले भिड्ने मनस्थितिमै आफ्नो युवा फोर्सलाई सक्रिय पारेका छन् । माओवादीले वाईसीयल ब्यूँताउँदा एमालेले युथ फोर्सलाई जगाएको छ । अर्थात् धाक र धम्कीबाट कम्युनिष्ट पार्टीहरु अगाडि बढ्ने रणनीतिमा छन्। जनभावना साप्ताहिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *