फेसबुकले मानिसहरुमा विभाजन ल्याइरहेछ र लोकतन्त्रलाई कमजोर बनाइरहेछ: पूर्व कर्मचारी

डिसी नेपाल
२० असोज २०७८ ११:१४

काठमाडौं। फेसबुककी एक पूर्व कर्मचारीले अमेरिकी सांसदहरुसँग कम्पनीका साइटहरु र एपहरुले ‘बालबालिकालाई नोक्सान ुिर्याउने, विभाजनलाई बढावा दिने र लोकतन्त्रलाई कमजोर पार्ने’ बताएकी छिन् । ३७ वर्षकी फ्रान्सिस हगन फेसबुकमा प्राजेक्ट म्यानेजरको रुपमा काम गर्थिन् जो अहिले ह्वीसलब्लोअर बनिसकेकी छिन् । उनले अमेरिकाको संसद भवन क्यापिटल हिलमा चलिरहेको एक सुनुवाइमा फेसबुकको निकै आलोचना गरेकी छिन् ।

पछिल्लो समय फेसबुकलाई नियमन गर्नुपर्ने विषयमा मागहरु बढिरहेका छन् । यी आरोपहरुपछि कम्पनीका संस्थापक मार्क जुकरबर्गले प्रतिवाद गर्दै पछिल्लो मिडिया कभरेजले कम्पनीको झुटो तस्वीर चित्रित गरेको बताएका छन् । कर्मचारीहरुलाई लेखेको एक पत्रमा उनले भनेका छन् ‘कैयौं दावीहरुको कुनै अर्थ छैन । हामी मानिसहरुको सुरक्षा, भलाइ र मानसिक स्वास्थ्य जस्ता मुद्दाहरुको बारेमा गहिराइसँग ध्यान दिन्छौं ।’

उनले आफ्नो पत्रमा लेखेका छन् ‘यस्तो कभरेज देख्नु निकै दुखद हो जो हाम्रो काम र हाम्रा उद्देश्यहरुलाई गलत तरिकाले पेश गरिरहेको छ ।’ हगनले आइतबार सीबीएस न्यूजलाई दिएको अन्तरवार्तामा आफूले हालै वाल स्ट्रिट जर्नलसँग फेसबुकका कैयौं आन्तरिक दस्तावेज शेयर गरेको बताएकी छिन् । दस्तावेजका आधारमा जर्नलले मिडिया रिपोर्टमाभनेको छ ‘इन्स्टागमको तर्फबाट गरिएको शोधमा पत्ता लागेको छ कि यो एपले युवतीहरुको मानसिक स्वास्थ्यलाई नोक्सान गर्छ ।’

फेसबुका विश्वको सबैभन्दा लोकप्रिय सामाजिक संजाल हो । कम्पनीका अनुसार उसका २.७ अर्ब मासिक सक्रिय प्रयोगकर्ता छन् । करोडौं मानिसहरु कम्पनीका अन्य उत्पादनहरु ह्वाट्सएप र इन्स्टाग्रामको प्रयोग गर्छन् । तर, प्रयोगकर्ताको गोपनीयता कायम राख्न नसकेको र फेक न्यूज, गलत जानकारीको प्रचार प्रसार रोक्न पयाृप्त कदम चाल्न नसकेको भन्दै फेसबुकको आलोचना भइरहन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *