चर्चमा ३ लाख ३० हजार बालबालिकाको यौन शोषण, ३ हजार जना आरोपी

डिसी नेपाल
२० असोज २०७८ १३:३६

काठमाडौं। पछिल्लो ७० वर्षमा फ्रान्सको क्याथोलिक चर्च भित्र अनुमानित ३ लाख ३० हजार बालबालिकाको यौ शोषण भएको पाइएको छ । यो दावी मंगलबार जारी एक फ्रेन्च रिपोर्टमा गरिएको छ । रिपोर्ट जारी गर्ने आयोगका अध्यक्ष जीन मार्क सवेले बताएअनुसार अनुमानमा यो यौन शोषणमा पादरीहरुको साथसाथै चर्चका गैर धार्मिक व्यक्तिहरु संलग्न छन् ।

सवेका अनुसार यौन शोषणबाट पीडित ८० प्रतिशत बालकहरु छन् । यसका अलावा ६० प्रतिशत बालबालिकाहरुलाई भावनात्मक–मानसिक वा यौनिक जीवनमा ठूलो समस्याको सामना गर्नु पर्छ । एक स्वतन्त्र आयोगले तयार गरेको २ हजार ५ सय पानाको यो दस्तावेज ७० वर्षदेखिका ती सबै रहस्यहरुलाई खोलिदिन्छ जुन रहस्य लुकाएर राखिएका थिए।

रिपोर्टका अनुसार करिब ३ हजार जनामाथि यौन शोषणको आरोप छ । यी हारोपीमध्ये २ तिहाइ पादरी थिए । यी पादरीहरु यौन शोषणको अवधिका क्रममा चर्चमा काम गर्थे । आयोगले यो जाँच सन् १९५० मा सुरु गरेको थियो । सवेले २००० को दशकको सुरुवातसम्म पीडितप्रति ‘गहिरो, क्रुर उदासिनता’को रुपमा चर्चको व्यवहारको निन्दा गरेको छ ।

सवेका अनुसार अहिले पनि अगाडि बढाउन सकिने २२ अपराधको विवरण अभियोजकहरुलाई पठाइएको छ । मुद्दा चलाउनको लागि धेरै पुराना भइसकेका तर आरोपी अहिले पनि जीवित भएका ४० भन्दा धेरै घटनाहरुको विवरण चर्चका अधिकारीहरुलाई पठाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *