छथरमा आजदेखि २७ वर्षमाथिकालाई कोरोना खोप
तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकामा आजदेखि काेराेना भाइरसविरुद्धकाे खाेप अभियान सुरु भएकाे छ। यसअघि ४० वर्ष माथिका नागरिकलाई खाेप लगाइएकामा आज बिहीबार र शुक्रबार २७ वर्ष माथिकालाई खाेल लगाइन लागिएकाे हाे।
गाउँपालिकाले सार्वजानिक सूचना जारी गरी खोप लगाउन आह्वान गरेकाे छ। २७ वर्षभन्दामाथिकालाई खाेप लगाइसकेपछि १८ वर्षसम्मकालाई खाेप लगाइने गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुले जानकारी दिए।
छथर अस्पताल,आङदिम,पञ्चकन्या,फाक्चामारा,ओख्रे र सुदाप स्वास्थ्य चौकीमा खोप केन्द्र ताेकिएकाे छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment