अमेरिका र चीनका राष्ट्रपतिबीच वार्ता हुने, ताइवान मुख्य चासो

डिसी नेपाल
२१ असोज २०७८ १३:३५
160
Shares

न्युयोर्क। अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच वार्ता हुने भएको छ। दुई देशका नेताबीच यसै वर्षको अन्त्यमा भर्चुअल वैठक हुने अमेरिकाले जनाएको छ । ताइवानबारे दुई देशबीच तनाब बढिरहेकै बेला बाइडेन र सीबीच वार्ता हुन लागेको हो।

भर्चुअल वैठक बस्ने विषयमा दुई देशका नेताबीच सहमति बनेको ह्वाईटहाउसका अधिकारीले बताएका छन्। राष्ट्रपति बाइडेनले ताइवानका विषयमा आफूले राष्ट्रपति सीसँग छलफल गरेको बताइसकेका छन् । हालै मात्र ताइवानको सुरक्षा क्षेत्रमा चिनियाँ सेनाको दर्जनौं विमान उडेका थिए। ‘ताईवानवारे मैले राष्ट्रपति सीसँग छलफल गरेको छु,’ बाइडेनले भने, ‘हामी ताइवान सम्झौताप्रति प्रतिबद्ध छौं।’

ताइवानले आफ्नो सुरक्षा क्षेत्रमा १५० चिनियाँ जहाजले ताइवानी हवाई क्षेत्रको अतिक्रमण गरेकोे बताउँदै आएको छ। ताइवानको राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा ती जहाज उडाइएका थिए । ताइवानलाई बेइजिङले छुट्टिएर बसेको आफ्नै प्रान्त मान्छ। तर, ताइवानले आफूलाई सार्वभौम राष्ट्र ठान्छ। ताइवानको सुरक्षा क्षेत्रमा चीनको अतिक्रमणको अमेरिकाले बिरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *