बिछोडिएका बाबुछोराको ३५ वर्षपछि भेट, १० मिनेटमै छोराको मृत्यु

डिसी नेपाल
२१ असोज २०७८ १६:५४

काठमाडौं। ३५ वर्षदेखि एक अर्कालाई नभेटेका बाबुछोराको साढे ३ दशकपछि भेट भयो । तर, त्यो भेटको १० मिनेटमै छोराको दुखद तरिकाले मृत्यु भयो । यी बायकर छोराको पितालाई भेटेको १० मिनेटमै एक सडक दुर्घटनामा मृत्यु भएको हो । ५६ वर्षका पल कवेलको सोमबार बेलायतको आइल अफ म्यानमा एक पर्यटक भ्यानसँग मोटरसाइकलको ठक्कर हुँदा मृत्यु भएको हो ।

द सनको रिपोर्टअनुसार जुन सडकमा दुर्घटना भयो त्यहाँ गतिको कुनै सीमा छैन । आइल अफ म्यान एक टापु क्षेत्र हो । दुर्घटना भएको सडक निकै घुमाउरो थियो । पुलिसले माउन्टेन रोड गुथरिजमा उकालो बाटोमा पलको आँखामा सूर्यको प्रकाश परेका कारण उनीभ्यानसँग ठोक्किएको अनुमान गरेको छ । मोटरबाइक प्रेमी पलको जन्म फ्लीटवुटमा बस्नुभन्दा पहिले आइल अफ म्यानमा भएको थियो ।

पलकी २२ वर्षकी सौतेनी छोरी डेमी रामशका अनुसार यो निकै भयानक घटना हो । उनका अनुसार पलले आफ्ना पितालाई भर्खर भेटेका थिए । उनले पिताले ३५ वर्षदेखि देखेका थिएनन् । यी दुईको भेटको १० मिनेटमै पलको ज्यान गयो । उनले आफ्ना २ छोरालाई पहिलो पटक आफ्नो हजुरबुवासँग भेट्न भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *