जापानमा ६.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

डिसी नेपाल
२१ असोज २०७८ २२:५५

काठमाडौँ । जापानमा बिहीबार ६.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प आएको छ ।

भूकम्पको केन्द्र विन्दु देशको चिबा क्षेत्रमा रहेको जापानको भूगर्भ विभागले जनाएको छ । स्थानीय समयअनुसार बेलुका १०.४१ बजे भूकम्प आएको अधिकारीहरूले जानकारी दिएका छन् । स्थानीय बासिन्दाले पनि भूकम्पको स्पष्ट महसुस गरिएको बताएका छन् । उनीहरू केही बेर त्रसितसमेत भएका थिए ।

भूकम्पको महसुस धेरै क्षेत्रमा गरिएको थियो । भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भएको विवरण प्राप्त भइसकेको छैन । भूकम्पपछि कुनै आँधीको सम्भावना पनि नदेखिएको भूगर्भ विभागका अधिकारीहरूले जानकारी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *