कास्कीमा पौडेल पक्षका जति धेरै उम्मेदवार सस्थापनलाई उति धेरै फाइदा

डिसी नेपाल
२३ असोज २०७८ १०:०५

पोखरा । दशैँअघि हुने भनिएको कास्कीकाे जिल्ला अधिवेसन अन्तिम समयमा स्थगित भएकाे छ। गण्डकीमा तीनवटा जिल्लामा मात्रै जिल्ला अधिवेसन सकिएको छ। हिमाली जिल्ला गोरखा, मनाङ र मुस्ताङमा सर्वसम्मत नेतृत्व चयन भएकाे छ।

गण्डकीमा आठ जिल्लाको अधिवेशन बाँकी छ। प्रदेश राजधानी रहेको कास्कीमा सस्थापन पक्ष कम्जाेर छ। कास्कीमा पौडेल पक्षकाविरुद्ध पौडेल पक्षकै उम्मेदवार बन्छन्। यसपालिको अधिवेशनमा अन्य गुटका उम्मेदवार पनि आकांक्षी देखिएका छन्। देउवा पक्षका किशोरदत्त बरालले उम्मेदवारी घोषणा गरिसकेका छन्। उनी हाल नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य हुन्।

पौडेल पक्षबाट हालका उपसभापति आइबहादुर गुरुङ र क्षेत्र नम्बर ३ का सभापति पोषनाथ शर्मा आकांक्षी छन्। शर्मा यसअघि पनि जिल्ला सभापतिको दावेदार थिए। अन्तिम समयमा उनले शुक्रराज शर्मालाई समर्थन गर्दै क्षेत्रीय सभापतिमा झरेका हुन्। अघिल्लो महाधिवेशनमा स्वतन्त्र रुपमा केन्द्रीय कोषाध्यक्षको उम्मेदवारी दिएर चर्चा कमाएका कृष्ण कार्की यो पटक जिल्ला सभापति लड्ने तयारीमा छन्। उनी तत्कालीन समयमा कोइराला क्याम्पमा थिए। तर पछिल्लो समय देउवातिर ढल्किएको श्रोत बताउँछ।

सिटौला क्याम्पबाट शेखर कोइरालातिर लागेका हालका सचिव सुदिपमोहन भट्टराई पनि सभापतिको उम्मेदवार छन्। महाधिवेशनको मिति तोक्नु अघि नै उनले उम्मेदवारी दिने बताइसकेका थिए। तरुण दल कास्कीका अध्यक्ष तथा देउवानिकट मनोज गुरुङले सुरुमा उम्मेदवारी दिने बताएपनि अहिले पछि हटेका छन्। तर उम्मेदवारी दिने नदिने अन्तिम निर्णय भने लिएका छैनन्।

यो अधिवेसनमा व्यक्ति गुटगत भएपनि उम्मेदवार गुटको प्रतिनिधित्व बिना बन्ने देखिएको छ। त्यसो त सभापतिका उम्मेदवारहरू आफ्नो प्यानलका उम्मेदवार खोजी गरिरहेका छन्। पोखरा महानगरमा ६ जना सभापतिको उम्मेदवार बनेकोमा एक जना बाहेक सबै पौडेल पक्षका थिए। पालिकामा पनि देउवा प्यानल विजयी भएन्। पाँच पालिकामध्ये दुई वटामा सर्वसम्मत नेतृत्व चयन भएकाे थियो।

कास्कीमा पूर्वमन्त्री यज्ञ थापा, पार्टी सभापति कृष्ण केसी, पुराना नेता शुक्रराज शर्माको आ-आफ्नै गुट छ। वौद्धिक मानिएका नेता देबराज चालिसेले पनि गुट विस्तार गरेका छन्। केन्द्रको भन्दा जिल्लास्तरीय नेताको गुटको प्रतिनिधित्व भने चुनावमा देखिने पक्का जस्तै छ। देउवा पक्ष पौडेलतिरका उम्मेदवार धेरै बनाएर आफू जित्ने दाउमा छ। तर महानगरमा पौडेल पक्षका उम्मेदवार धेरै भएपनि देउवा पक्षका गंगाधर पराजुलीले जितेनन्। उनी अन्तिम समयसम्म पनि आफू गुटको उम्मेदवार नभएको बताइरहेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *