आइएसआइएस खुरासानले लियो कुन्दुज आत्मघाती आक्रमणको जिम्मेवारी

डिसी नेपाल
२३ असोज २०७८ ११:२१

काठमाडौं। अफगानिस्तानको कुन्दुजमा जुमेको नमाजको क्रममा शुक्रबार भएको आत्मघाती बम विष्फोटको जिम्मेवारी आइएसआइएस खुरासानले लिएको छ । कुन्दुज प्रान्तका डेब्युटी पुलिस प्रमुख दोस्त मोहम्मद ओबाइदाका अनुसार यो आक्रमणका कम्तीमा १०० जनामारिएका छन् । स्थानीय प्रशासनका अनुसार यो आक्रमण शिया हजारा समुदायको मस्जिदलाई निशाना बनाएर गरिएको थियो ।

अफगानिस्तानमा तालिबान सरकार बनेपछिको यो सबैभन्दा ठूलो आक्रमण हो । कुन्दुजका तालिबान सरकारका पुलिस उपप्रमुख ओबाइदाका अनुसार शुक्रबार यो आक्रमण एक आत्मघाती आक्रमणकारीले गरेका थिए । उनले भने ‘म हाम्रा शिया दाजुभाइहरुलाई आश्वस्त बनाउँछु कि तालिबान उनीहरुको सुरक्षा गर्नको लागि तयार छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *