पक्राउ गर्न प्रहरी आएपछि रुखमा चढे आरोपी, प्रहरी ३ दिनसम्म रुखमुनि कुरेर बस्यो

डिसी नेपाल
२३ असोज २०७८ १४:१३

काठमाडौं। आफूलाई पक्राउ गर्न प्रहरी आएको थाहा पाएपछि एकजना आरोपी रुखमा चढेर बसे । उनी लगभग तीन दिनसम्म रुखमै बसे र प्रहरी पनि ३ दिनसम्म रुखमुनि कुरेर बस्यो । ३ दिनपछि अन्ततः ती व्यक्ति भुइँमा ओलिएका छन् । भुइँमा ओर्लिएपछि उनलाई प्रहरीले हिरासतमा राखेको छ । अमेरिकाको न्यूयोर्क शहरको क्विन्समा रुखमा चढेर बसेका उनी स्थानीय समयअनुसार शुक्रबार बेलुका रुखबाट ओर्लिएका हुन् ।

आफूलाई पक्राउ गर्न प्रहरी आएको थाहा पाएपछि ४४ वर्षका रुडी थोमस बुधबार दिउँसो २ बजेतिर गिरफ्तारीबाट बच्न रुखमा चढेका थिए । सीबीएस न्यूजका अनुसार उनी शुक्रबार बेलुकी ५ बजे मात्र रुखबाट ओर्लिए । प्रहरीले उनलाई तल झार्न निकै प्रयास गरेको थियो । प्रहरीले साइरन प्रयोग गर्ने, ड्रोन उडाउनेदेखि ती व्यक्तिलाई तल झर्नको लागि मनाउन विभिन्न व्यक्तिहरुलाई फकाउन लगाए पनि कुनै पनि उपायले काम गरेन । अन्ततः एक पास्टरले उनलाई प्रहरीले कुनै षति नगर्ने विश्वास दिलाएपछि उनी ओर्लिन राजी भएका थिए । थोमसले धम्की दिएको भन्दै उनकी आमाले प्रहरीलाई खबर गरेपछि प्रहरी उनलाई पक्राउ गर्न आएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *