शी जिनपिङले भने – ‘ताइवानलाई चीनमा मिसाउँछौं’

डिसी नेपाल
२३ असोज २०७८ १६:२९

काठमाडौं। चीनका राष्ट्रपति शी जिनपिङले शनिबार फेरि पनि ताइवानलाई शान्तिपूर्ण तरिकाले चीनमा मिसाइने बताएका छन् । तर उनले एक शप्तादेखि चलिरहेको तनावका बीच सिधै बल प्रयोग गरिने कुरा भने गरेनन् । शी जिनपिङको यो बयान यस्तो समयमा आएको छ जब ताइवानका विषयमा बेइजिङको प्रतिक्रियाबारे अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता व्यक्त गरिएको छ ।

शी जिनपिङको यो बयानको जवाफ दिँदै ताइवानले बेइजिङलाई आफ्नो जिद्दी छोड्न भनेको छ । ताइवानले ताइवानी जनताले मात्र आफ्नो भविष्य निर्धारण गर्न सक्ने बताएको छ । चीन ताइवान आफ्नो एक प्रान्त भएको दावी गर्छ र उसलाई आफ्नो नियन्त्रणमा लिनको लागि प्रतिबद्ध छ । यसअघि एक बयानमा पनि चीनले ताइवानलाई आफूमा मिलाउन शक्ति प्रयोग गर्न परे त्यो पनि गरिने बताएको थियो ।

चीन ताइवानी राष्ट्रपति साइ इंग वेनको सरकारलाई पृथकतावादी मान्छ । तर, ताइवान भने आफूलाई एक स्वतन्त्र देश मान्छ । बेइजिङको ग्रेट हल अफ द पिपुलमा बोल्दै जिनपिङले चीनले लामो समयदेखि पृथकतावादको विरोध गर्दै आएको बताए । १९११ मा अन्तिम शाही राजवंशको समाप्तिको लागि भएको क्रान्तिको वार्षिकोत्सवमा उनले भने ‘ताइवानको स्वतन्त्रता सबैभन्दा ठूलो मुस्किल हो र देशको कायाकल्पको बाटोको सबैभन्दा ठूलो अवरोध पनि ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *