पाँच दलको गठबन्धनलाई निर्वाचनसम्म कायम राख्ने छौंँ: मन्त्री खतिवडा

डिसी नेपाल
२३ असोज २०७८ १६:३७
36
Shares

काठमाडौँ । पाँच दलको गठबन्धनलाई निर्वाचनसम्म कायम राख्ने स्वास्थ्य तथा तथा जनसङ्ख्यमन्त्री विरोध खतिवडाले बताएका छन् ।

एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका नेता खतिवडाले संविधानको रक्षा गर्ने शर्तमा अहिलेको सत्तापक्षको गठबन्धन आगामी निर्वाचनसम्म रहने बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) कास्कीले विजयादशमी, दीपावलीलगायत चाडपर्वका अवसरमा आज पोखराको सभागृहमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेकपा (एमाले) र सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमा राजनीतिक विचलन आएको र व्यक्तिवादी प्रवृत्ति हावी भएकाले आफूहरुले विद्रोह गरी कम्युनिष्ट आन्दोलनलाई बचाउन नयाँ पार्टी बनाएको जिकिर गरेका छन् ।

शुभकामना आदानप्रदान कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का, स्वास्थ्यमन्त्री मधु अधिकारी, एकीकृृत समाजवादीका पोलिटब्युरो तथा केन्द्रीय सदस्य, अन्य राजनीतिक दलका जिल्लास्थित नेता, उद्योगी व्यवसायी लगायतको सहभागिता थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *