४६ हजारभन्दा बढीले लगाए जुम्लामा कोरोनाविरुद्धको खोप

डिसी नेपाल
२३ असोज २०७८ १८:०१

काठमाडौं । पहिलो र दोस्रो मात्रा गरी जुम्लामा ४६ हजारभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप लगाएका छन् ।

कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूरा मात्रामा १९ हजार ८४७ रहेका छन् भने ४६ हजार ६४२ जनाले पहिलो र दोस्रो मात्राको खोप लगाएका हुन्।

स्वास्थ्य कार्यालय जुम्लाका कार्यालय प्रमुख कृष्ण सापकोटाका अनुसार जिल्लामा पूरा मात्रामा खोप लगाउनेको सङ्ख्या १९ हजार ८४७ रहेका छन् । २७ हजार ७९७ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । जिल्लामा कोभिड– १९ विरुद्धको खोप १८ वर्षदेखि माथिकालाई दिएको सापकोटाले बताए ।

खोप लगाउन छुटेका र बाँकी रहेका नागरिकलाई अब छिट्टै खोप लगाइने छ । दोस्रो खोपको पर्खाइमा बसेका नागरिकलाई पनि छिट्टै खोप उपलब्ध गराइने स्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । कार्यालयले कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न सबैमा आग्रह गरेको छ । दसैँ, तिहार नजिकिँदै गर्दा सहर बजारमा भिडभाड बढेको देखिन्छ । यसले कोरोना फैलाउने देखिन्छ । भिडभाड नगरी सुरक्षितरुपमा दसैँ, तिहार मनाउन सबैलाई अनुरोध गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *