मंगल ग्रहमा पर्सिभरेन्सले गर्दैछ नयाँ खुलासा

डिसी नेपाल
२४ असोज २०७८ ८:००

न्युयोर्क। अमेरिकी अन्तरिक्ष निकाय नासाको मंगल ग्रह मिसन पर्सिभरेन्स (पर्सी) ले मंगल ग्रहमा जीवन रहेको संकेत खोज्ने क्रममा महत्वपूर्ण स्थानमा पुगेको र उसले नयाँ नयाँ खुलासा गरेको वैज्ञानिकहरूले बताएका छन्।

गत फेब्रुअरीमा जेजेरो क्रेटरमा उत्रिएपछि पर्सिभिअरन्सले त्यहाँ वरपरका हजारौँ तस्बिर पृथ्वीमा पठाइरहेको छ । तस्विरहरूले मंगल ग्रहमा आजभन्दा साढे तीन अर्ब वर्ष पहिले ठूलो ताल रहेको पुष्टि गरेका छन्।

पर्सीले खिचेको तस्विरले तालनजिक पानीको बहाव कम भएको देखाएको छ । तस्विरबाट मंगल ग्रहको वातावरणमा सूक्ष्म जीवका अवशेष बाँकी रहेको हुन सक्ने वैज्ञानिकहरूले अनुमान गरेका छन्।

पर्सीले पठाएका तस्विरले त्यहाँ भूआकार रहेको देखिए पनि मंगल ग्रहको जमिनमा नउत्रिएसम्म त्यसलाई पुष्टि गर्न नसकिने वेलायतस्थित इम्पिरियल कलेजका प्राध्यापक सञ्जीव गुप्ता बताउँछन् ।

भूउपग्रहबाट देखिएको भूआकार बाढीले बनाएको हुन सक्ने गुप्ताको अनुमान छ । पर्सी सो भूआकारबाट दुई किलोमिटर जतिको दूरीमा छ।

पर्सीले पठाएको एउटा तस्विरबाट वैज्ञानिकहरू सवैभन्दा बढी उत्साहित छन् । सो तस्विरमा मंगल ग्रहको माटोमा विभिन्न तह देखिन्छ । ती तहहरू नदीले थेग्राएको माटोबाट बनेको अनुमान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *