इजरायलले सिरियाको विमानस्थलमा मिसाइल हान्यो

डिसी नेपाल
२४ असोज २०७८ ११:४४

काठमाडौं। इजरायलले एक पटक फेरि सिरियामा हवाइ आक्रमण गरेको छ । आक्रमणमा २ जना विदेशी लडाकु मारिएका छन् । आक्रमणमा ६ जना सिरियाली सैनिक पनि घाइते भएका छन् । बेलायतको वार मनिटरका अनुसार इजरायलले सिरियाको राजधानी दमास्कसको विमानस्थलमा मिसाइल आक्रमण गरेको हो । मृतकहरुको बारेमा विस्तृत विवरण प्राप्त भएको छैन ।

सिरियाको सरकारी मिडिया सनाका अनुसार आक्रमण शुक्रबार राती ९ बजे भएको हो । इजरायलले टि–४ सैन्य एयरबेसमा मिसाइल हानेको हो । यसमा ६ सैनिक घाइते भएका छन् । इजरायलले एक ड्रोन डिपोलाई निशाना बनाएको थियो । इजरायलका डिफेन्स अफिसरले आक्रमणको कुरा स्वीकार गरेको टाइम्स अफ इजरायलले जनाएको छ ।

इजरायलले पहिलेदेखि नै सिरियामा इरानसँग सम्बन्धित सैन्य अड्डाहरुमा धेरै पटक कारवाही गरिसकेको छ तर उसले कहिल्यै पाि आक्रमण आफूले गरेको स्वीकार गरेको छैन । इजरायललाई उत्तरी सीमातर्फबाट सुरक्षा खतरा कायमै छ त्यसैले उसले इरान समर्थित सैन्य बेस र लेबनानी आतंकवादी संगठन हिजबुल्लाहमाथि आक्रमण गरिरहन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *