भागेका अफगान पूर्वराष्ट्रपति अशरफ गनी अमेरिकाका कारण संकटमा पर्न सक्ने

डिसी नेपाल
२४ असोज २०७८ १३:२७

काठमाडौं। अफगानिस्तानका पूर्व उपराष्ट्रपनि अशरफ गनी संकटमा पर्न सक्छन् । उनी अफगानिस्तानबाट भाग्ने बेलामा भारी मात्रामा पैसा लिएर भागेको आरोप लागेको थियो । अब अमेरिकाले उनले पैसा लिएर भागेको आरोपबारे छानबिन गर्ने भएको छ ।

काबुलस्थित रुसी दूतावास र केही मिडिया रिपोर्टमा गनी १५ अगष्टका दिन भाग्ने क्रममा हेलिकप्टरमा नगद भरेर लिएर गएको आरोप लगाइएको थियो । रिपोर्टका अनुसार नगद पैसा यति धेरै थियो कि पूरै पैसा हेलिकप्टरमा नअटाएपछि बाँकी रहेको पैसा विमानस्थलमा नै छोडिएको थिए । विमानस्थलमा पैसा भेटिएको तालिबानले पनि पुष्टि गरेको थियो ।

युएइमा बसिरहेका पूर्व उपराष्ट्रपति गनीले भने यो आरोप अस्वीकार गरेका छन् । उनले भनेका छन् ‘मैले आफ्नो साथमा केवल कपडा लिएर आएको थिएँ ।’ गनीको साथमा उनका केही नजिकका व्यक्तिहरुले पनि काबुल छोडेका थिए । अमेरिकी संसदमा गनीले नगद लिएर भागेको आरोपको जाँच गर्नुपर्ने माग उठेपछि अकेरिकाले यसको जाँच गर्ने भएको हो ।

अमेरिकी सांसद तथा इन्स्पेक्टर जनरल फर अफगान रिकन्स्ट्रक्सनका अध्यक्ष जोन सोपकोले भनेका थिए ‘गनी नगद लिएर भागेका हुन् भन्ने अहिलेसम्म प्रमाणित हुन सकेको छैन । अब यही कमिटीले यसको जाँच गर्न गइरहेको छ । गनीका बैंक खाताहरु सबैको जाँच गरिनेछ ।’

सोपकोका अनुसार अफगानिस्तानमा लामो समयसम्म फंडको बर्बदी र गलत प्रयोगको आरोपको पनि जाँच भइरहेको छ । अमेरिकाको तर्फबाट २० वर्षमा अफगानिस्तानको पुनर्निर्माणको लागि जो आर्थिक सहयोग दिइएको थियो तालिबानको कब्जाभन्दा पहिले त्यो पैसाको प्रयोग गलत रुपमा भएको थियो कि थिएन भन्ने जान्नु जरुरी भएको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *