रुसमा यात्रुवाहक विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु

डिसी नेपाल
२४ असोज २०७८ १४:५४

काठमाडौं। रुसको तातारस्तानमा आइतबार विमान दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । ७ जना घाइते छन् । इमरजेन्सी सर्भिसले बताउअनुसार ७ जना घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ । अन्य १६ जना जीवित भएको संकेत छैन । आकस्मिक मनत्रालयले बताएअनुसार विमानमा प्यारासुट जम्परहरु थिए । स्थानीय स्वास्थ्य मन्त्रालेका अनुसार एक जनाको अवस्था गम्भीर छ ।

रुसको सरकारी मिडिया आरटीका अनुसार दुर्घटनाग्रस्त विमान लेट एल–४१० टर्बोलेट थियो । यो दुई इन्जिन भएको छोटो दुरीको ट्रान्सपोर्ट एयरक्राफ्ट हो । पछिल्ला वर्षहरुमा रुसी विमान सुरक्षा मानकहरुमा सुधार भएको छ तर ग्रामीण क्षेत्रहरुमा पुराना विमानहरुको दुर्घटनामा कमी आएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *