समाचार सम्प्रेषणमा सञ्चारजगत संवेदनशील हुनुपर्दछः मन्त्री थापा

डिसी नेपाल
२४ असोज २०७८ १८:०२

काठमाडौं। समाचार सम्प्रेषणमा सञ्चारजगत संवेदनशील हुनुपर्ने गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले बताएका छन् ।

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ कास्कीको आयोजना एवं राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठनको सहयोगमा ‘आत्महत्या रोगथाममा सञ्चार माध्यम’को भूमिका विषयक अभिमुखीकरण कार्यक्रममा उनले समाजमा हुने आत्महत्या प्रवृत्तिलाई निरुत्साहित गर्न सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए ।

सत्यतथ्यमा आधारित समाचारले समाजलाई सकारात्मक सन्देश दिने बताउँदै उनले प्रत्येक व्यक्तिलाई आर्थिक, सामाजिक, मनोवैज्ञानिक तथा योगको माध्यमबाट तनावमुक्त बनाउन सहयोग पु¥याउन आग्रह गरे ।

महासङ्घ कास्कीका अध्यक्ष बिमला भण्डारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा महाङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, अग्रज पत्रकार बद्रीविनोद प्रतिक, कोसिस परियोजना गण्डकी प्रदेश संयोजक सुदिप घिमिरे, महासङ्घका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, सचिव माधव बराललगायतले आत्महत्या न्यूनीकरणका लागि सामूहिक प्रयासको खाँचो औल्याए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *