भोड्काले लियो २९ जनाको ज्यान, अन्य २८ जना अस्पताल भर्ना

डिसी नेपाल
२५ असोज २०७८ १२:५४

काठमाडौं। रुसमा अवैध भोड्का पिउँदा ज्यान गुमाउने मानिसहरुको संख्या २९ पुगेको छ । रुसी अधिकारीहरुले मृतकको संख्या २९ पुगेको र अन्य २८ जना अस्पतालमा भर्ना भएको बताएका छन् । अस्पताल भर्ना भएकामध्ये १३ जनाको अवस्था गम्भीर भएको बताइएको छ ।

रेडियो फ्रि युरोप रेडियो लाइब्रेरीका अनुसार अधिकारीहरुले यो केसमा केही व्यक्तिहरुलाई हिरासतमा लिएका छन् । दक्षिणी रुसको ओरेनबर्गमा अहिले पुलिसले त्यहाँका मदिरा पसलहरुमा छापा मार्ने कामलाई तीब्रता दिएको छ । अक्टोबर ७ मा पहिलो पटक भोड्का पिउने मानिस बिरामी भएपछि अहिलेसम्म कम्तीमा ६ जनालाई हिरासतमा लिइएको छ । पक्राउ परेकामध्ये एक जना मदिरा उत्पादक र अरु स्थानीय पसलमा मदिरा बिक्री गर्नेहरु भएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *