वार्ता बिफलपछि चीन र भारतबीच फेरि आरोप प्रत्यारोप
नयाँ दिल्ली। चीन र भारतबीचको वार्ता बिनानिस्कर्ष टुंगिएको छ। लद्दाखमा जारी तनाब अन्त्य गर्ने विषयमा दुई देशका सैन्य कमान्डरहरूबीच भएको वार्ता बिनानिस्कर्ष टुंगिएको हो।
वार्ता बिफल भएसँगै दुबै देश आरोप–प्रत्यारोपमा उत्रिएका छन्। लद्दाखलाई लिएर दुई देश पछिल्लो १७ महिनादेखि तनाबमा छन् । सिमामा दुबै देशका सेना आमने–सामने अवस्थामा छन्।
चीनले सिमामा आफ्ना सैन्य गतिविधि तीब्र पारेको भारतीय पक्षको आरोप छ, तर, भारतीय आरोपलाई चीनले अस्वीकार गर्दै आएको छ । वार्तामा आफूले दिएको रचनात्मक सुझाबलाई चीनले बेवास्ता गरेको भारतको रक्षा मन्त्रालयले जनाएको छ।
वार्ताका क्रममा चीनले कुनै राम्रो प्रस्ताव ल्याउन नसकेको पनि भारतले आरोप लगाएको छ । तर, ती सबै आरोपको चीनले अस्वीकार गरेको छ।
‘भारतको अस्वभाविक र जटिल मागका कारण वार्तामा समस्या आएको हो, ’ चिनियाँ पक्षले भनेको छ । करिब दुई महिनाको अन्तरालपछि दुबै देशका कमान्डरहरू चिनियाँ भूमि मोल्डोमा वार्तामा बसेका थिए।
सिमामा दुबै देशका सेनाले दशौं हजार सेना परिचालन गर्नुका साथै अत्याधुनिक हतियार, ट्यांक, लडाकु विमान, आर्टिलरी तैनाथ गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment