लाइभ शोका क्रममा अभिनेताको मृत्यु, दर्शकहरुले नाटककै दृश्य सम्झिए

डिसी नेपाल
२५ असोज २०७८ १४:५१

काठमाडौं। रुसको राजधानी मस्कोमा रहेको विश्वप्रसिद्ध बोल्शोइ थिएटरमा एउटा अप्रिय घटना भयो । यो दुर्घटनामा अभिनेताको मृत्यु भयो । ओपेरा साडकोको प्रस्तुतीको क्रममा अभिनेताको मृत्यु भएको हो । बोल्शोइ थिएटरमा प्रदर्शन गरिरहेका ३७ वर्षका अभिनेता येभगेनी कुलेस स्टेजमै दर्दनाक दुर्घटनाको शिकार भएका हुन् ।

सेटको दृश्य बदल्ने क्रममा कुलेश एउटा ठूलो प्रपमुनि दबिएका थिए । जसका कारण उनको मृत्यु भयो । तर, स्टेजमा प्रप खसेको र हलचल बढेको देखेपछि दर्शकहरुलाई एक पलको लागि लाग्यो कि यो पनि प्रस्तुतीकै कुनै दृश्य हो । उनीहरुलाई यो कनै स्टन्ट भएको जस्तो लागेको थियो तर केही समयपछि नै मानिसहरुले चिच्याउन थाले । त्यसपछि भारी प्रपमुनि दबिएर अभिनेता कुलेशको स्टेजमै ज्यान गएको आधिकारिक पुष्टि भयो ।

सामाजिक संजालमा यो घटनाका केही दृश्यहरु सार्वजनिक भएका छन् जसमा अचानक स्टेजमा हलचल बढेको देखिएको छ । सेटको दृश्य बदल्ने क्रममा एक विशाल प्रपलाई माथिबाट तल उतारिँदै थियो । कुनेश यही प्रपमुनि दबिएका थिए । साथी कलाकारहरुले यो देखेपछि चिच्याउन थाले । यो दुर्घटनापछि मञ्चको पर्दा खस्यो र दर्शकहरुलाई प्रस्तुती रद्द भएको बताइयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *