२४ घण्टामा संक्रमित भन्दा निकाे हुने धेरै

डिसी नेपाल
३० असोज २०७८ १७:२२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार सात सय ७३ नमुनामध्ये १ हजार चार सय ४६ पीसीआर परीक्षण गर्दा एक सय ३६ जना र तीन सय २७ एन्टिजेन परीक्षण गर्दा ११ गरी एक सय ४७ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने आठ सय ४५ जना निको भएका छन्। अहिले सक्रिय संक्रमित १२ हजार पाँच ९८ जना छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *