प्रहरी छापामा भेटिए इटलीका माफियाका विशेष परिकारमा प्रयोग हुने मुसा

डिसी नेपाल
१ कार्तिक २०७८ ६:४०

बीबीसी। दक्षिणी इटलीको एक भाङ खेतमा छापा मार्ने क्रममा प्रहरीले २३५ वटा साना मुसाहरू भेटेका छन्। ती मुसाहरू लागु औषध तस्करहरूबीच लोकप्रिय परिकार बनाउनका लागि राखेको हुनसक्ने बताइएको छ। भाङ खेत वरपर रहेका छाप्रोहरूमा प्रहरीले छापा मार्दा चिस्याइएको अवस्थामा राखिएका ती मुसाहरू भेटिएका थिए।

मुसा थुन्ने खोर र मरेका मुसा राखिएका फ्रिजहरू पनि भेटिएको प्रहरीले बताएको छ। प्रहरीले तीन जनालाई पक्राउ पनि गरेको जनाएको छ।

वन्यजन्तुका क्षेत्रमा काम गर्नेहरू पकाएको मुसाको परिकार शक्तिशाली माफिया समूहले उच्च तहका गुन्डाहरूका लागि आयोजना गर्ने भोजमा प्रयोग हुने बताउँछन्।

इटलीमा वन्यजन्तु संरक्षणसम्बन्धी काम गर्ने संस्था लिपुका अनुसार वन्यजन्तु तस्करहरूले आस्प्रोमोन्टे पहाडमा रातिको समयमा सक्रिय हुने यस्ता मुसाहरूलाई जालमा थापेर आपराधिक समूहहरू र रेस्टुराँहरूलाई बेच्ने गरेका छन्।

प्रहरीका अनुसार रेजो कलाब्रियाको एउटा खेती नजिकैको भग्नावशेष र अन्य क्षेत्रमा पनि विस्तार भएपछि छापा मार्दा ठुलो सङ्ख्यामा मुसाहरू राखिएको भेटिएको थियो।

माफिया समूहका नाइकेहरूले मुसाको परिकारका प्लेट अगाडी बसेर महत्त्वपूर्ण निर्णयहरू लिने गरेको इटलीको कोरिएरे डेला सेरा अखबारले जनाएको छ।

प्राचीन रोममा पनि मुसाका परिकारहरू प्रचलित थिए। पासोमा थुनिएका मुसाहरूको छाला काढिएपछि सुँगुरको मासु र मसलाहरू हालेर पकाइने गरिन्थ्यो। अझै पनि क्रोएसिया र स्लोभेनियामा मुसा खाइन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *