पार्टी छोडेर इतिहास लेख्दै बामदेव

डिसी नेपाल
१ कार्तिक २०७८ १०:४४

काठमाडौं। हक्की र निडर स्वभाव भएका कम्युनिष्ट नेता बामदेव गौतम यतिबेला राजनीतिमा निष्क्रिय छन्। कुनै बेला पार्टीमा आफू जता लाग्यो उतै बहुमत पुग्ने अवस्थामा रहेका गौतम अहिले नेकपा एमाले विभाजित भएपछि दुवै दलमा सक्रिय छैनन्।

एमाले उपाध्यक्षबाट राजीनामा दिएका गौतम माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा पनि गएनन्। एमाले र माओवादी केन्द्र एकीकृत भएर बनेको नेकपाभित्र पनि बामदेव शक्तिशाली थिए।

नौ सदस्यीय सचिवालयमा गौतम जता लाग्यो उतै बहुमत पुग्ने अवस्था थियो। नेकपा एमालेको नवौं महाधिवेशनमा गौतमले केपी ओलीलाई अध्यक्षमा समर्थन गरेका थिए, गौतमकै सहयोगमा ओली एमाले अध्यक्ष बन्न सफल भए।

नेकपा गठनसँगै गौतम केही समय ओझेलमा पनि गरेका थिए। तर पछि उनलाई सचिवालयमा लगिएसँगै नेकपाभित्र गौतम फेरि शक्तिशाली बनेका थिए। गौतमको चाहना एक पटक मुलुकको प्रधानमन्त्री बन्ने थियो। तर एमाले र माओवादी केन्द्र मिलेर चुनावमा लड्दासमेत गौतम पराजीत भए।

वर्तमान त गौरव गर्नलायक भएन नै, अब भविष्य पनि अन्योल ग्रस्त छ। झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेको कम्युनिष्ट पार्टी जोगाउन नसकेपछि यतिबेला उनी इतिहास खोज्ने काममा लागेका छन्।

उनले पार्टीभित्रको अन्तर्घातका कारण आफू पराजित हुनु परेको गुनासो गर्दै आए। गौतमले त्यस विषयमा छानविनको माग गरेपनि त्यो कहिल्यै पूरा भएन। सर्वोच्च अदालतले नेकपा खारेज गरेसँगै गौतम ओलीका कटु आलोचक भएर निस्किए।

वर्तमान त गौरव गर्नलायक भएन नै, अब भविष्य पनि अन्योल ग्रस्त छ। झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेको कम्युनिष्ट पार्टी जोगाउन नसकेपछि यतिबेला उनी इतिहास खोज्ने काममा लागेका छन्।

राजनीतिक रुपमा गौतम सधैं अस्थिर रहे। आफ्नो फाइदा मात्रै हेर्ने स्वभावका गौतमलाई आफ्नो पक्षमा पार्न तत्कालीन नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले सक्दो उपयोग गरे। उनलाई राष्ट्रियसभामा मनोनित गरियो। अहिले पनि गौतम राष्ट्रियसभा सदस्य छन्। तर पार्टी विभाजित भएसँगै गौतम राजनीतिबाट ओझेलमा परेका छन्।

‘अहिले उहाँ राजनीतिमा सक्रिय हुनुहुन्न, उहाँ सामान्य भेटघाट र लेखन तथा अध्ययनमा बढी सक्रिय हुनुहुन्छ,’ गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले डिसीनेपालसँग भने, ‘नेपालको कम्युनिष्ट आन्दोलनका विषयमा एउटा पुस्तक लेख्दै हुनुहुन्छ। अहिले उहाँको अधिकांश समय लेखनमै बित्ने गरेको छ।’

दशैंको अवधिमा गौतमले आफूकहाँ टीका लगाउन आउनेलाई टीका लगाइ दिने गरेका छन्। उनीहरुसँग गौतमले राजनीतिक विषयमा खासै कुरा गर्ने गरेका छैनन्।

आइतबार विहान शहरी विकास मन्त्री रामकुमारी झाँक्री गौतमसँग टीका थाप्न गौतम निवास भैंसेपाटी पुगेकी थिइन्। त्यहाँ गौतमले मन्त्री झाँक्रीसँग पारिवारिक कुरामात्रै गरे। राजनीति विषयले प्रवेश नपाएको सुवेदीले बताए। नेपाली राजनीतिका चतुर खेलाडी मानिने गौतम अहिले अध्ययन र लेखनमै व्यस्त हुन थालेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *