भारतमा कोरोनाका सक्रिय सङ्क्रमित ०.५६ प्रतिशत

डिसी नेपाल
१ कार्तिक २०७८ २२:४५

काठमाडौँ । पछिल्लो एक दिनमा भारतमा १९ हजार ५८२ जना कोरोना भाइरसका सङ्क्रमित यस रोगबाट मुक्त भएका परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमित कूल सङ्क्रमित ०.५६ प्रतिशत मात्र रहेको सोमबार प्राप्त समाचारमा जनाइएको छ ।

मन्त्रालयले सोमबार दिएको समाचारअनुसार हाल कोरोनाबाट निको भएकाहरु कूल कोरोना सङ्क्रमितको ९८.१२ प्रतिशत रहेको छ । यसैसँगै भारतमा अहिलेसम्म कोरोनामुक्त सङ्ख्या तीन करोड ३४ लाख ३९ हजार ३३१ पुगेको सो मन्त्रालयले जनाएको छ ।

भारतमा पछिल्लो एक दिनमा १३ हजार ५९६ जना थप व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भएको छन् । योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ४० लाख ८० हजार भन्दा बढी पुगेका छन् । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने १ लाख ८९ हजार पुगेको अधिकारीले जनाएका छन् । यो सङ्ख्या २२१ दिन यताको सव भन्दा कम भएको समाचारमा जनाइएको छ ।

यसैसँगै भारतमा कोरोना शुरु भएयता अहिलेसम्म कुल चार लाख ५२ हजार ९३१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *