थप २० लाख डोज खोप नेपाललाई दिने चीनको घोषणा

डिसी नेपाल
२ कार्तिक २०७८ १८:००

काठमाडौं।  चीनले नेपाललाई कोरोना भाइरस विरुद्धको थप २० लाख डोज खोप सहयोग गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनपछि दुई देशबीच राजनीतिक तहमा यति लामो संवाद भएको हो ।

परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन सम्वाद भएको हो । मंगलबार भएको कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्री यीले थप २० लाख डोज खोप अनुदान दिने घोषणा गरेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

टेलिफोन कुराकानीमा खड्का र यीबीच दुईपक्षीय सम्बन्ध, कोभिड–१९ विरुद्धको खोपमा सहकार्य, व्यापार र विकासमा समन्वय, सीमा व्यवस्थापन र तातोपानी र रसुवागढी नाकाबाट थप कन्टेनर ल्याउन दिने विषयमा पनि छलफल भएको बताइएको छ । यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तो समेत दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *