थप ६६२ जनामा कोरोना संक्रमण

डिसी नेपाल
३ कार्तिक २०७८ १७:४१

काठमाडाैं। पछिल्लो २४ घण्टामा देशभर ६६२ जना नयाँ संक्रमित पुष्टि भएका छन् । ८ हजार ४२६ जनामा भएको परीक्षणमा सो संख्यामा संक्रमित पुष्टि भएको हो । यस्तै २४ घण्टामा निको हुनेको संख्या ७५८ जना रहेको छ भने मृतक १३ जना रहेका छन् । हाल देशभर ११ हजार ५७९ जना सक्रिय संक्रमित रहेका छन् ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ७ हजार ५२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ३१८ पुगेको छ भने ७ लाख ८४ हजार १५५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार १० हजार ७७२ जना होम आइसोलेसनमा रहेका छन् भने ८०७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २७६ जना आईसीयू र १०४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *