अमेरिकाय नेवाले पुर्‍यायो १०० अंक

डिसी नेपाल
३ कार्तिक २०७८ २१:३९

वासिंगटन डिसी । नेपालभाषा टाइम्सको अमेरिकामा विगत ३बर्ष देखि संचालन हुँदै आइरहेका प्रसिध्द अन्तर्वाता कार्यक्रम अमेरिकाय नेवाले  १०० अंक पूरा गरेकाे छ ।सुप्रसिध्द द्वन्द निर्देशक राजेन्द्र खड्‌गीसँग अन्तरर्वाता गरी गत साता १०० औं अंक पूरा  गरेकाे हाे । याेसंगै नेपाल भाषाको नेपाल बाहिरबाट लिइने कार्यक्रमको इतिहास पनि निर्माण भएकाे  छ ।

अमेरिकाको उक्त कार्यक्रमको टिममा प्रस्तोता र निर्माता प्रविन ताम्राकार छन् भने प्रकाश, ध्वनि, डिजाईनमा प्रसिध्द ग्ल्यामर फोटोग्राफर राजीव श्रेष्ठ, प्रविधिमा मार्केण्डय प्रधान (आर्किटेचर) र व्यवस्थापनमा अनिल रंजित र सल्लाहकारमा किथ फेडरम्यानको मुख्य भूमिका रहेको छ।

नेपाल टिमबाट सम्पादक सुरेश किरण, प्रविधिमा सुगन्ध श्रेष्ठ र तेज मर्हजन, सल्लाहकारमा पत्रकार विजय रत्न र पवित्र कसाः र विशेष सहयोगीमा कवियत्री प्रतिसरा सायमि छन् । यस कार्यक्रमले ११ वर्ष उमेरको त्रिपिटक वाचक श्रीदिप शिल्पकारदेखि शताब्दी पुरुष सत्यमोहन जोशीलाइ कार्यक्रममा समेटन सफल भएको छ भने राजनिति, विज्ञान, खेलकूद, स्वास्थ्य, संस्कृति, हास्यव्यंग्य, पप म्यूजिक, शास्त्रिय संगीत, आधुनिक संगीत, प्रशासन सिने जगत, युवा पिंढी, साहित्य, नेवा संगठनहरू, (देश, विदेश), कूटनीति, बुध्द धर्म, सिमाना संस्कृतिका विविध पक्ष, परोपकार, पाक शिक्षा, कम्प्युटर विज्ञान, लोक संगीत, भाषा विज्ञान, वंशावली, ज्योतिष तथा वास्तु विज्ञान, नर्सिंग, नाटक भजन तथा दुइजना मिस नेपालहरूसंग आतिथ्य अन्तरवार्ता कार्यक्रम संचालन गरिएको थियो ।

अनिल रंजितबाट १० वटा, मिला श्रेष्ठबाट अंग्रेजीमा ३ वटा अंक संचालन गरिएको थियो भने बाँकी सबै प्रविन ताम्राकारबाट प्रश्नकर्ताको रूपमा (होस्ट) कार्यक्रम संचालन भएकाे थियो । अमेरिकामा भ्रमणमा आएका विद्वान वर्ग, कलाकार वा विभिन्न क्षेत्रका पाहुनाहरूसंग अन्तरवार्ताको माध्यमबाट ज्ञान र रमाइलो कुराकानीको उद्देश्यले शुरू भएको यो मासिक कार्यक्रम कोभिडको महामारीको कारणले अनलाइन र साप्ताहिक कार्यक्रममा परिणत भयो र छोटो समयमा १०० अंक पूरा गर्न सफत पनि भयो ।

सो कार्यक्रमलाई घिमिरे होम्स र कृष्ण पाउरोटीद्वारा प्रमुख प्रायोजन गरिएको छ भने संगठनहरूमा एन्पिपिए र एन्ओएबाट, व्यवसायहरू क्लासिक डायमण्ड, एभरजाेन ट्राभल्स, एवरग्रीन रियाल्टर्स, फोटो बैंक र लिवर्टी म्यूचअल(भरत बराहती) बाट सहप्रायोजन भएको छ । यसमा थुपै परिवारहरूबाट पनि रात्री भोजन तर्फ सहयोग र समर्थन प्राप्त भएको छ ।

नेपालबाट विशेष रूचि साथ हेरिने यस कार्यक्रमलाई अमेरिकाको विभिन्न राज्य, क्यानाडा, यूरोपबाट उतिकै मन पराइएको छ भने भविष्यमा यस कार्यक्रमले दुवै एक घण्टा र नयाँ १५ मिनेटको गरी कार्यक्रममा सन्तुलन ल्याउने जानकारी आयोजनका तर्फबाट प्रविन ताम्राकारले दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *