बिश्वकै सबैभन्दा लामो लकडाउन २६२ दिनपछि खुल्दै

डिसी नेपाल
४ कार्तिक २०७८ ९:५४

सिड्नी । अस्ट्रेलियाको सहर मेलर्वनमा लगाइएको लकडाउन आज रातीदेखि खुल्ने भएको छ। कोभिडको कारण देखाई मेलवर्नमा पटक पटक गरी २६२ दिन लागेको लकडाउन बिहीबार रातीदेखि खुल्न लागेको हो।

महामारी फैलिएपछि मेलवर्न बिश्वमै धेरै पटक लकडाउन हुने एक मात्र सहर बनेको छ। भिक्टोरिया राज्यका प्रमुख डेनियल एन्ड्रियुजले आइतबार मेलवर्नको लकडाउन खुला गर्ने घोषणा गरेका थिए। मेलवर्न भिक्टोरिया राज्यको राजधानी सहर हो।

मेलवर्नमा ७० प्रतिशतले पूर्ण खोप लगाएका छन्। ‘बिहीबार रातको ११ बजेर ५९ मिनेटदेखि मेलवर्नमा लकडाउन, प्रतिबन्ध र कर्फ्यू हुनेछैन् ’, एन्ड्रियुजले भने । ५० लाख जनसंख्या भएको मेलवर्नमा बिहीबारसम्म छैटौं पटक गरी २६२ दिनसम्म लकडाउन लागू हुनेछ । मेलवर्नमा सुरुमा सन् २०२० को मार्चमा लकडाउन भएको थियो।

अस्ट्रेलया र अन्य सञ्चार माध्यमहरुले यो विश्वकै सबैभन्दा लामो लकडाउन भएको बताउँदै आएका छन्। यसअघि अर्जेन्टिनाको व्युनस आर्यसमा २३४ दिन लकडाउन भएको थियो।

सरकारले कोभिड महामारीलाई शून्यमा झार्ने रणनीति लिएको छ। यसका लागि खोप अभियानालाई तीब्रता दिएको छ ।

भिक्टोरियामा १६ वर्षमाथिका ६५ प्रतिशत भन्दाबढीले दोस्रो डोज लगाएका छन् भने ८९ प्रतिशतले पहिलो डोज लगाएका छन् । लकडाउन खुलेसँगै प्रत्येक दिन कुनै पनि व्यक्तिको घरमा बढीमा १० जना आगन्तुकले भ्रमण गर्न सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *