बन्जीजम्पका क्रममा डोरी चुँडिएपछि ८० फिट तल खसेर महिलाको मृत्यु

डिसी नेपाल
५ कार्तिक २०७८ १४:१५

काठकाडौं। साहसिक खेलकी सौखिन एक महिलाको बन्जीजम्पका क्रममा ज्यान गएको छ । यी महिलाले बन्जीजम्प गर्ने क्रममा उनको खुट्टा बाँधिएको डोरी चुँडिएपछि ८० फिट तल खसेर उनको मृत्यु भएको हो । यो घटनाको भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा महिलाले छतमा बन्जी जम्पको तयारी गरिरहेको र उनी हाम्फालेपछि दर्दनाक दुर्घटना भएको देख्न सकिन्छ ।

डेलीमेलको रिपोर्टअनुसार कजाखस्तानकी ३३ वर्षकी येवजिनिया लिओन्तिभा अ ाफ्ना पति र साथीहरुसँग एक होटलमा गएकी थिइन् । लिओन्तिभा ३ बच्चाकी आमा थिइन् । उनीहरु गएको होटलको छतमा बन्जी जम्प भइरहेको थियो । लिओन्तिभाले पनि बज्नी जम्प गर्ने इच्छा देखाइन् र छतमा गइन् । तर, उनी हाम्फालेपछि उनलाई अड्याउनुपर्ने डोरी चुँडियो र उनी भुइँमा खसिन् ।

लिओन्तिभा करिब ८२ फिट उचाइबाट भुइँमा खसेकी थिइन् । उनलाई तत्काल अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भयो । रिपोर्टका अनुसार उनले यसअघि पनि बन्जी जम्प गरेकी थिइन् । पुलिसले यो घटनामा हत्याको कोणबाट पनि जाँच गरिरहेको छ । बन्जी जम्पिङका मालिकलाई पक्राउ गरिएको छ । उनीमाथि सुरक्षा नियममा लापरवाही गरेको आरोप छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *