पाँच कर्मचारीको नाम सार्वजनिक

डिसी नेपाल
५ कार्तिक २०७८ १९:२२

काठमाडौं ।अकाउन्टीविलिटी ल्याब नेपालले इन्टेग्रिटी आईकन–२०२१ सार्वजनिक गरेको छ । ल्याव नेपालले सार्वजनिक सेवामा रहेर निष्ठापूर्वक काम गर्ने पाँच जना कर्मचारीलाई इन्टेग्रिटी आईकनबाट सम्मानित गर्ने छ ।

यसवर्षका इन्टेग्रीटी आईकनलाई देशभरिबाट प्राप्त भएका ३३५ मनोनयनबाट पाँच जनाको नाम छनौट गरिएको ल्याव नेपालको कार्यक्रम संयोजक अस्मिता शर्माले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय निर्णायक समितिले विभिन्न चरणमा छलफल पश्चात ती कर्मचारीको नाम छनौट गरिएको कार्यक्रम संयोजक शर्माले जानकारी बताए । उनका अनुसार ती कर्मचारीले गरेका काम, सेवाग्राहीलाई प्रदान गर्ने सुविधाजस्ता कुराको आधारमा इन्टेग्रिटी आईकन प्रदान गरिएको हो ।

त्यसमा नर्सिङ अधिकृत (कोभिड फोकल पर्सन) शिला शर्मा, नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी, मकवानपुरगढी गाउँपालिका, मकवानपुरका कृषिअधिकृत चन्द्रकान्त चौधरी, भक्तपुर अस्पताल भक्तपुरका मेडिकल सुपेरिटेन्डेण्ट डा सुमित्रा गौतम र भाषाआयोग काठमाडौँका उपसचिव डा लोकबहादुर लोप्चन रहेका छन् ।

छनौट गरिएका इन्टेग्रीटी आईकनलाइ आगामी कार्तिक १२ हुने कार्यक्रममा सम्मान गरिने कार्यक्रम संयोजक शर्माले बताए । नेपालमा आठ वर्ष अघिदेखि ल्याब नेपालले उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गर्दै आइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *