हेटौँडामा इन्जिनियरहरुको विरोध प्रदर्शन
हेटाैडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा इन्जिनियरहरुले जनकपुरमा सरकारी इन्जिनियरमाथि भएको दुव्र्यवहारको विरोधमा आज प्रदर्शन गरेका छन्।
खानेपानी तथा ढल निकास एवम् व्यवस्थापन कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहमाथि भएको दुव्र्यवहार गरेको विरोधमा हेटौँडामा विरोध प्रदर्शन भएको हो। प्रदर्शनमा ‘सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल’को आयोजनामा मकवानपुरका सरकारी कार्यालय र निजी क्षेत्रका इन्जिनियरको सहभागिता थियो।
हेटौँडाको बुद्धचोकमा भएको सो विरोध प्रदर्शनका क्रममा इन्जिनियरहरुले ब्यानरसहित हातमा कालोपट्टी वाँधेर दोषीमाथि कारबाहीको माग गरेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment