महानिर्देशकमाथि कार्यकक्षमै हातपात

डिसी नेपाल
७ कार्तिक २०७८ १९:०८
192
Shares

काठमाडौं । श्रम मन्त्रालय अन्तर्गत रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक माथि कार्यकक्षमै दुव्र्यव्यहार भएको छ।

खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि भएको दुर्व्यवहारको घटना सेलाउन नपाउँदै विभागका महानिर्देशक दिपक काफ्ले माथि  हातपात प्रयास भएको हो।

आफ्नो समस्या लिएर आएका सेवाग्राहीले नै महानिर्देशक काफ्ले माथि कार्यकक्षमै दुव्र्यव्यहार गरे पछि सेवाग्रहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।यसैबीच वैदेशिक रोजगार विभागका प्रवक्ता कमल ज्ञवालीले विभागका निर्देशक माथि दुव्र्यव्यहार भएको स्वीकारेका छन्। हात पात गर्नेहरु राजनीतिक दल निकटका कार्यकर्ता भएको बैदेशिक रोजगार विभाग स्रोतले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *