हिन्द महासागरमा रसिया र चिनियाँ सेनाको संयुक्त अभ्यास
मस्को। हिन्द महासागरको पश्चिमी क्षेत्रमा रसियाली र चिनियाँ युद्धपोत विमानले पहिलो पटक संयुक्त सैन्य अभ्यास आयोजना गरेका छन्। रसियाको रक्षा मन्त्रालयले यसको पुष्टि गरेको छ। सैन्य अभ्यासमा दुबै देशका पाँच पाँच गरी १० ओटा युद्धपोत विमान प्रयोग भएका थिए। ती विमानले समुद्रमा १७ सय माइल पार गरेका थिए।
रसिया र चीनका झन्डा प्रदर्शन, एशिया प्रशान्त क्षेत्रमा शान्ति र स्थिरता तथा दुबै देशका सामुद्रिक गतिविधिको प्रदर्शन संयुक्त अभ्यासको मुख्य उदेश्य रहेको जनाइएको छ । ‘गस्तीको समयमा युद्धपोतको समूहले पहिलो पटक जापानको सुगारु स्ट्रेट पार गरेको थियो । ’ रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
सुगारु स्ट्रेटले हिन्द महासागरसँग जापानको समुद्र जोड्छ । गस्तीबाहेक दुबै देशका नौसेनाले संयुक्त रणनीतिक अभ्यास गर्नुका साथै शृंखलाबद्ध सैन्य ड्रिल गरेको रसियाली रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
दुबै देशबीच लामो समयदेखि सैन्य साझेधारी रहँदै आएको छ र उनीहरुले संयुक्त रुपमा सैन्य ड्रिल गर्दै आएका छन् । तीन वर्षअघि दुबै देशले ‘भोस्ताक– २०१८ ’ नाम दिइएको सैन्य अभ्यास गरेका थिए ।
भदौमा रसिया र चीनका सेनाले संयुक्त सैन्य अभ्यास गरेका थिए । सैन्य साझेधारीबारे रसियाली राष्ट्रपति भ्लादमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता भएको थियो । दुई देशको सैन्य अभ्यासप्रति अमेरिकाले चासो देखाएको जनाइएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment