जेलमा रहेका छोरा आर्यनलाई भेट्न जाँदै गौरी खान
काठमाडौं । बलिउड स्टार शाहरुख खानका जेठा छोरा आर्यन खान लागुऔषध सेवन मुद्दामा तीन सातादेखि प्रहरी हिरासतमा छन्। छोरा पक्राउ परेपछि निकै बेचैन भएका शाहरुखले गत बिहीबार बिहान आर्थर रोड जेल पुगेर आर्यनलाई भेटेका थिए।
भारतीय मिडियाले उल्लेख गरेअनुसार आमा गौरी खान पनि छोरा आर्यनलाई भेट्न जान लागेकी छिन्। छोरा जेलमा रहेकोमा आमा गौरी निकै चिन्तित छिन्। उनी आर्यनलाई भेटेर कुरा गर्न चाहिन्छन्। आर्यनलाई २ अक्टोवरमा नारकोर्टिक कन्ट्रोल ब्युरो (एनसिवी) ले मुम्बईस्थित कार्डेलिया द इम्प्रेस क्रुजमा आयोजित ड्रग्स पार्टीमा अन्य आठजनासहित पक्राउ गरेको थियो।
शाहरुख छोरालाई धरौटीमा रिहा गराउन निकै लागिपरेका थिए। तर मुम्बई स्पेसल कोर्टले बुधबार धरौटी अस्वीकार गर्यो। त्यसपछि शाहरुखले जेल पुगेर छोरालाई भेटेका थिए।
मुम्बई स्पेसल कोर्टले धरौटी अस्वीकार गरेपछि शाहरुख मुम्बई हाई कोर्ट पुगेका छन्। शाहरुखको निवेदनमा हाई कोर्टले आगामी मंगलबार फैसला सुनाउने भएको छ। लागुऔषध प्रयोग मुद्दामा आर्यनसँग ह्वाट्सअप च्याट फेला परेपछि प्रहरीले अभिनेता चंकी पाण्डेकी छोरी अभिनेत्री अनन्या पाण्डेसँग सोधपुछ गरिरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment