परिचयपत्र नभएकालाई कोठा भाडामा नदिन गृह मन्त्रालयको अपिल

डिसी नेपाल
८ कार्तिक २०७८ २०:२३

काठमाडौं । गृहमन्त्रालयले परिचयपत्र विना कोही कसैलाईघर\कोठा\अपार्टमेन्ट भाडामा नदिन सर्वसाधारणलाई आग्रह गरेको छ । अफगानी नागरिकलाई पक्राउ गरेपछि मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरी सो आग्रह गरेको हो ।

विदेशी नागरिकहरु नेपाल–भारत सीमा नाकाबाट घूसपैठ गरी नेपाल आएर बस्न थालेपछि मन्त्रालयले परिचयपत्र बिनाका कसैलाई पनि घर÷कोठा÷अपार्टमेन्ट भाडामा नदिन आग्रह गरेको गृह प्रवक्ता फणिन्द्रमणी पोखरेलले बताए । ११ जना अफगानी नागरिक भारतको बाटो हुँदै भैरहवाबाट काठमाडौं ‘शरणाथी’ बनेर लुकिछिपी बसेको र सिनामंगलबाट उनीहरुलाई पक्राउ गरी अध्यागमन विभागमा बुझाए लगत्तै सो विज्ञप्ति जारी गरेको हो ।

सोमबार गृह मन्त्रालयले कोठा भाडामा लगाउँदा अनिवार्य रुपमा घरबहालमा बस्नेको परिचयपत्र माग्न सार्वजनिक रुपमै अपिल छ । मन्त्रालयले परिचय पत्र विना कसैलाई पनि काममा नलगाउन पनि आग्रह गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *