पूर्वी युरोपमा कोभिडबाट २ करोड संक्रमितः खोप नलगाउने र पछुताउनेको जमात बढ्दो
मस्को। पूर्वी यूरोपमा कोभिड संक्रमितको संख्या २ करोड नाघ्ने अनुमान गरिएको छ । युरोपेली मुलुकका देशहरुमा खोप दरमा आएको कमीसँगै पूर्वी युरोपमा संक्रमितको संख्या पनि बढेको हो।
युरोपेली मुलुकहरुमध्ये सबैभन्दा बढी हंगेरीमा खोप लगाउने व्यक्तिको सख्ंया धेरै छ । हंगेरीमा ६२ प्रतिशतले पहिलो डोज लगाएका छन् । त्यस्तै, युक्रेनमा जम्मा १९ प्रतिशतले खोप लगाएका छन् ।
युरोपेली देशमा नयाँ संक्रमितको संख्या पनि निरन्तर बढिरहेको छ । यहाँ औषतमा देनिक ८३ हजार ७०० नयाँ संक्रमित भेटिने गरेका छन् । यो संख्या गत वर्ष नोभेम्बरपछिकै ठूलो हो ।
पूर्वी युरोपको जनसंख्या विश्वको कूल जनसंख्याको ४ प्रतिशत मात्र भए पनि विश्वभर हुने संक्रमितको २० प्रतिशत संक्रमित यहाँ छन् ।
पूर्वी युरोपका तीन देशहरु रसिया, युक्रेन र रोमानियामा संक्रमितको संख्या उच्च छ । यी देशमा प्रतिबन्ध खुकुलो पारेसँगै घरभित्रका समाजिक जमघट बढ्दा संक्रमितको सख्ंया पनि बढेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का आपतकालिन निर्देशक माइक रायनले बताए।
संक्रमणको छाल तीब्र भइरहेका बेला पूर्वी युरोपमा खोप लगाउन अटेरी गर्ने र नलगाएकोमा पछुताउनेको जमात बढेको छ । बुलगेरियाको राजधानी सोफियामा र अन्य सहरमा सबैले खोप लगाउनुपर्ने बाध्यता बनाएपछि त्यसको चर्को बिरोध भएको छ ।
युरोपेली युनियनका तीनमध्ये एउटा देशका बासिन्दा त्यहाँको स्वास्थ्य उपचार प्रणालीप्रति विश्वास नगर्ने युरोपेली आयोगले गरेको एउटा सर्बेक्षणमा उल्लेख छ । पूर्वी युरोपमा सबैभन्दा बढी रसियामा संक्रमित देखिएका छन् ।
रसियामा हरेक पाँच मिनेटमा १२० जनामा कोरोना पोजेटिभ देखिएको छ । देशको स्वास्थ्य अवस्था लथालिंग भएको स्वास्थ्यमन्त्री मिखाईल मुरासकोले बताएका छन् । रसियामा चौथो दिन बुधबार लगातार सर्बाधिक धेरै संख्यामा संक्रमित भेटिएका थिए। रसियामा आधा भन्दा थोरै मानिसले खोप लगाएका छन्। खोपप्रतिको अविश्वासका कारण धेरैले खोप नलगाएका हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment