चीनमा फेरि लकडाउन, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आदेश

डिसी नेपाल
९ कार्तिक २०७८ १४:०९
3.8k
Shares

बेइजिङ। कोरोनाभाईरस संक्रमण फैलिएपछि चीनको गान्सु प्रान्तमा लकडाउन घोषणा गरिएको छ। ४० लाख मानिसहरुको बसोबास रहेको लान्जहोउ सहरमा मंगलबारदेखि लकडाउन घोषणा गरिएको हो।

लान्जहोउका बासिन्दालाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ। कोभिड भित्रभित्रै आगो झैं फैलिएको भन्दै नियन्त्रण लागि सरकारले फेरि लकडाउन घोषणा गरिएको हो । सो सहरमा कोभिडका २९ जना नयाँ संक्रमित भेटिएका छन्।

पछिल्लो समयमा चीनमा कोभिडको नयाँ स्वरुप डेल्टा भाईरस देखिएको छ। भाइरस फैलिएसँगै सरकाले यसै साता आयोजना हुने बेइजिङ म्याराथुन स्थगित गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *