६ बजेसम्म सीडीओ कार्यालयबाट नागरिकता वितरण

डिसी नेपाल
९ कार्तिक २०७८ १८:४५

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रसुवाले आइतबार राति करिब ६ बजेसम्म नागरिकता वितरण गरेको छ ।

सोमबार जिल्ला प्रशासनले रेकर्ड तोड्दै अत्याधिक नागरिकता वितरण गरेको हो । सेवाग्राहीको चाप बढेसँगै साँझ अबेरसम्म सेवा प्रवाह भइरहेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । डिभी भर्न र वैदेशिक रोजगारको लागि राहदानी बनाउनेको चाप बढेपछि कार्यालयले सेवा अवधि बढाएको उनले बताए ।

सेवाग्राहीको चाप बढेपछि बेलुकी सवा ६ बजेसम्म सेवा प्रवाह भइरहेको उनले बताए । ‘कार्यालयको समयावधि सकिए पनि सेवाग्राही धेरै टाढाबाट आइरहनु भएको हुन्छ । कार्यालय समयावधि सकिएपनि सेवाग्राही रहुन्जेलसम्म हामीले सेवा दिइरहेका छौँ’, उनले भने ।

कार्यालयले १६ कात्तिकदेखि १५ माघसम्म बिहान १० बजेदेखि ४ बजेसम्म र बाँकी महिना बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवा प्रदान गर्ने गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *