रत्ननगरमा एमाले अधिवेशन एक दिनलाई स्थगित, उम्मेद्वारको नाम सार्वजानिक भएन

डिसी नेपाल
९ कार्तिक २०७८ २०:३१

चितवन । नेकपा एमालेको चितवनस्थित रत्ननगर नगर कमिटीको अधिवेशनमा विवादका कारण सर्वसम्मतिको प्रयास सफल हुन नसकी एक दिनलाई स्थगित भएको छ ।

सो नगरको प्रथम नगर अधिवेशनमा आज सहमति जुट्न नसकेपछि भोलिसम्मलाई स्थगित भएको हो । अधिबेशनमा अध्यक्ष पदमा २ , उपाध्यक्ष पदमा ४ ,सचिब पदमा २ र उपसचिव पदमा ८ जनाको उमेद्द्वारी परेको छ । तर, उम्मेद्वारहरु को को हुन् भन्ने कुरा अधिवेशनको बन्द सत्र सन्चालकहरुले सार्वजानिक गरेका छैनन् ।

डिसीनेपालले समाचारका लागि अधिवेशनका बन्द सत्र अध्यक्ष मण्डलका संयोजक कपिल पोख्रेलसँग यी पदहरुमा परेका नामावली माग्दा नामावली दिन नमिल्ने बताए ।

आज सहमति जुट्न नसकेपछि अब यी पदहरुमा आवेदन दिएका उमेद्वारहरु लाई अध्यक्ष मण्डलले सर्वसम्मत गरी सहमति जुटाउन भोलि सबैसँग संवाद गर्ने निर्णय गरेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *