सुदूरपश्चिममा थप १४ जनामा कोरोना सङ्क्रमण

डिसी नेपाल
९ कार्तिक २०७८ २३:४१

काठमाडौं ।  सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय थप १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

विगत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ७५७ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । तेह्र जनामा आरटी पीसीआर र एक जनामा एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १० र महाकाली अस्पतालमा तीन जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टीजेन विधिमार्फत दार्चुलामा एक जनामा सङ्क्रमण देखिएको हो ।

यस्तै सोही अवधिमा प्रदेशभर पाँच जना कोरोनाबाट मुक्त भएका छन्, भने प्रदेशमा सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । कञ्चनपुरकी ५० वर्षीया महिलाको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा कोरोनाबाट मृत्यु भएको हो । यसअघि प्रदेशमा सोमबार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *